Media Network

आईपीएलः दिल्लीलाई हराउँदै राजस्थान शीर्ष स्थानमा


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शुक्रबार रातीको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । २२३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली ८ विकेटको क्षतिमा २०७ रनमा समेटियो । 

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको उत्कृष्ट शतक पार गर्दै ११६ रन र देवदत्त पडीकलले ५४ रनको अर्धशतकी पारि खेले । कप्तान सन्जु सामसनले ४६ रनको योगदान गरे । 

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७ रनको योगदान दिए भने डेभिड वार्नरले २८ रन बनाए । राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिएका थिए । पराजित रहेको दिल्ली ६ अंकका साथ छैठौं स्थानमा छ । 

आईपीएलमा आज दुई खेल हुँदैछ । पहिलो खेल कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच खेल हुनेछ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद