आईपीएलः दिल्लीेसामु हैदराबाद पराजित


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
आईपीएलः दिल्लीेसामु हैदराबाद पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएका खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादमाथि २१ रनको जित हात पारेको छ।

बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो। दिल्लीका लागि डेभिड वार्नरले अविजित ९२ रन तथा रोभमन पावेलले अविजित ६७ रनको पाली खेलेका थिए। जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो। हैदराबादका लागि निकोलस पूरनले ६२ रन बनाए भने ऐडेन मार्करमले ४२ रनको पाली खेलेका थिए। 

दिल्लीका लागि खालील अहमदले ३ विकेट लिएका थिए। यससँगै दिल्लीले १० खेलबाट १० अंक हात पारेको छ भने हैदराबादले पनि समान खेलबाट समान अंक जोडेको छ।