आईपीएलको अक्सनमा नेपाली खेलाडी सन्दीप मात्रै, न्यूनतम मूल्य ४० लाख


khabarstory
१६ चैत्र २०७७, सोमबार
आईपीएलको अक्सनमा नेपाली खेलाडी सन्दीप मात्रै, न्यूनतम मूल्य ४० लाख

भारतको चर्चित इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी को अक्सनमा नेपाली खेलाडी सन्दीप लामिछाने छनोट भएका छन् ।

अक्सनका लागि ८ जना नेपाली खेलाडीले नाम दर्ता गराएकामा सन्दीप मात्र छनोट भएका हुन् । यसपटकको अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ ।

आईपीएलले अक्सनका लागि २ सय ९२ जना खेलाडी छनोट गरिएको छ । जसमा यसअघि तीन सिजन आईपीएल खेलेका सन्दीप पनि समावेश छन् ।

नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका थिए । जसमा सन्दीपसँगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७, ०६:२०:००