Media Network

आईपीएलको प्लेअफ म्याच आजबाट


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आजबाट हुँदैछ । मंगलबार बेलुका कोलकाताको इडन गार्डेनमा पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्सबीच हुँदैछ । 

लिग चरणमा शीर्ष स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको राजस्थानबीचको विजेता फाइनलमा प्रवेश गर्नेछ ।

मंगलबार पराजित हुने टोलीले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । दोस्रो क्वालिफायरमा उसको भिडन्त लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरमध्ये एक टोलीसँग हुनेछ ।

लिग चरणमा तेस्रो र चौथो स्थान लिएका लखनउ र बैंगलोरले बुधबार एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले मंगलबारको खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद