काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि नेपालबाट सन्दीप लामिछाने मात्रै मेगा अक्सनको लागि छनौट भएका छन् ।आईपीएल २०२२ मा नेपालबाट मेगा अक्सनका लागि १५ जना खेलाडीले नाम छनौटका लागि पठाएका थिए । आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, रोहित पौडेल, सुसन भारी, सरद भेषवाकर, सोमपाल कामी, अभिनास बोहरा, करण केसी, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी, पवन शराफ र सन्दीप जोराको नाम भने छनौटको लागि परेन् ।
सन्दीपले यसपटक आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैया) तोकेका छन् । २०२१ को आईपीएलमा सन्दीपलाई कुनै पनि टिमले किनेको थिएन । यस पटक अक्सनमा कुनै टोलीले मूल्य लगाएको खण्डमा सन्दीपले कम्तीमा ४० लाख भारु पाउने निश्चित छ ।