Media Network

आईसीसी टी–ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र बंगलादेश पहिलोपटक भिड्दै


खबरस्टोरी संवाददाता

१० कार्तिक २०७८,बुधबार

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत आज (बुधबार) पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराएर सुखद सुरुवात गरेको इंग्ल्यान्डले बंगालादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

इंग्ल्यान्डले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेश र इंग्ल्यान्ड हालसम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आमने–सामने भएका छैनन् । आबुधाबीस्थित शेख ज्यायद क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

 टी–ट्वान्टी क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका दुवै टोली आजको खेलमा आफूलाई अब्बल साबित गर्ने योजनामा छन् । आईसीसीको वरीयताको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले नवौँ स्थानको बंगलादेशलाई प्रतिस्पर्धीको रूपमा पाएको हो । पहिलो खेलमा सहज जित निकालेको इंग्ल्यान्ड आजको खेलमा पनि सोही लय दोहोर्‍याउने योजनामा छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद