Media Network

आईसीसी टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया भिड्दै


खबरस्टोरी संवाददाता

१४ कार्तिक २०७८,आईतवार

काठमाण्डाै।  आज (आइतबार) आईसीसी टी–२० विश्वकप क्रिकेटमा दुई वटा खेल हुँदैछन् । आज सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् ।

अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । 

त्यस्तै आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजिल्यान्ड यसअघिको खेलमा पाकिस्तानसँग पराजित भएका थिए । पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद