Media Network

आईसीसी टी-२० विश्वकप : उपाधिका लागि अस्ट्रेलिया र न्यूजिल्यान्ड भिड्दै


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७८,आईतवार

काठमाडौँ। आईसीसी टी-२० विश्वकप अन्तर्गत आज (आइतबार) साँझ उपाधिका लागि अस्ट्रेलिया र न्यूजिल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार, साँझ ७ः४७ बजे यूएईको दुबईमा टी-२० विश्वकपको फाइनल खेल हुनेछ। 

सेमिफाइनलमा पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया र इग्ल्यान्डलाई पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेका हुन्। दुवै टोलीले पाकिस्तान र इग्ल्यान्डलाई एक ओभर बाँकी छँदै पाँच विकेटले पराजित गरेका थिए।

पहिलो सेमिफाइनलमा इग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्यूजिल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। त्यस्तै, अस्ट्रेलियाले दोस्रो सेमिफाइनलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य १९ ओभरमै पाँच गुमाएर पूरा गरेको थियो।

त्यसअघि सुपर-१२ का खेलमा पनि दुवै टोलीले एक-एक खेलमा हार ब्यहोरेका थिए। अस्ट्रेलियाले इग्ल्यान्डसँग आठ विकेटले र न्यूजिल्यान्डले पाकिस्तानसँग पाँच विकेटले हारेको थियो।

पछिल्ला पाँच खेलमा अस्ट्रेलियाले चारमा जित र एकमा हार ब्यहोरेको छ। न्यूजिल्यान्डले भने पछिल्ला पाँचै खेल जितेको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद