Media Network

आईसीसी विश्वकप लिग २: नेपाल नामिबियासँग पराजित


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपाल पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यू काम्बसडनमा भएको खेलमा नेपाल ४० रनले पराजित भएको हो । २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले अर्धशतक बनाउँदै सर्वाधिक ५० रन जोडे पनि अन्य ब्याट्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका देव खनालले ३४, कुसल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४,  आदील आलम र सोमपाल कामी समान १० रन जोडे ।

यस्तै, दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सून्य रनमा पेभेलियन फर्किए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो । 

नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक  ६० रन बनाए भने डिभान ला ककले ४१,  गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडेका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २,  करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

पराजयसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ। नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद