आइपिएल फाइनल प्रवेशका लागि आज दिल्ली र चेन्नई  भिड्दै


खबरस्टोरी संवाददाता
२४ आश्विन २०७८, आईतवार
आइपिएल फाइनल प्रवेशका लागि आज दिल्ली र चेन्नई  भिड्दै

काठमाण्डाै। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । 

समूह चरणमा शीर्ष दुईमा रहेका दिल्ली र चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा खेल्न लागेका हुन् । खेल दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आज हार्ने टोलीले रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र कोलकाता नाइटराइडर्सबीचको विजेतासँग खेल्नेछ ।