Media Network

आइपीएलः गुजरात र राजस्थानको जित


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन् । गुजरात टाइटन्स १४ रनले विजयी हुँदा राजस्थान रोयल्स २३ रनले विजयी भयो । 

आइपीएलको जारी खेलमा गुजरातको लगातार दोस्रो जित हो । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो । 

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए । ललित यादवले २५, रोभमन पावेलले २० बनाए । गुजरातको जितमा लोक्की फर्गुसनले ४ तथा मोहमद शामीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए । डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयले ३१, विजय शंकरले १३ रन बनाए  । 

अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई  २३ रनले पराजित गरेको छ ।  १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो ।

मुम्बईका  तिलक बर्माले सर्वाधिक ६१ रन बनाए । इशान किसनले ५४ रनको योगदान गरे ।  राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २ विकेट लिए ।

 यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो ।  राजस्थानका जोस बट्लरले १०० रन बनाए । सिमरन हिटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रनको योगदान गरे । 

मुम्बईका जस्प्रित बुम्रा र त्यामल मिल्सले समान समान ३ विकेट लिए । आइपीएलको ११ औं म्याचमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच खेल हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद