‘ए’ डिभिजन लिग सकिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुरु गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हँुदैछ ।
अहिले बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो १२ः ४५ बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् ।
अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगञ्ज युनाइटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ए’ लिगमा बढुवा हुनेछन् । यस्तै, पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।