काठमाडौं। आज (शुक्रबार) नेपालका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म प्रदर्शन हुँदै छ । आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित हास्य प्रधान नेपाली फिल्म चुरीफुरी प्रदर्शन हुँदैछ ।
निर्देशक आचार्यले शुक्रबार अबेर राति देशका अधिकांश सिनेमा हलहरुमा आफ्नो फिल्म प्रदर्शन हुने कलाकर्मी सँगको कुराकानीमा बताएका छन् । केही साताअघि यो फिल्मको ट्रेलर रिलिजपछि यी फिल्म चर्चामा छ ।
यो फिल्ममा अधिकांश लोकप्रिय हास्य कलाकारहरु प्रमुख भूमिकामा प्रस्तुत भएका छन् । चुरीफुरीमा रबिन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य आदि कलाकारले अभिनय गरेका छन् । यो फिल्ममा दिपक शर्माको संगीतमा समीर आचार्य, विश्व नेपाली, बेनिशा पौडेलको स्वरामा गीतहरु समावेश छन् ।
यो फिल्मका छायांकार राहुल राई हुन् भने सम्पादक नवीन निरौला हुन् । फिल्मका सह-निर्माताहरुमा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी छन् भने ऋषिराज आचार्य र रीना ढकाल भण्डारी यसका निर्माता हुन् । चलचित्रको कथा निर्देशक आचार्यले नै लेखेका हुन् ।