Media Network

आमा बनिन् प्रियंका चोपडा


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छन् । सरोगेसीका माध्यामबाट उनी आमा बनेकी हुन् । 

उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा आफू आमा बनेको जानकारी दिएकी छन् । 

‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।

सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा 

यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रिति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद