Media Network

‘आरआरआर’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, तीन दिनमै कमायो ५ सय करोड


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौँ। जुनियर एनटीआर र रामचरण स्टारर तथा एसएस राजामौली निर्देशित  दक्षिण भारतिय फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा धमाकेदार कमाई गर्न सफल भएको छ । गत शुक्रबार सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ले विश्वबजारमा ५ सय करोडको  व्यापार गरेको छ । 

 ‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको थियो । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो।

उनीहरूले सार्वजनिक गरेको डेटाअनुसार आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको हो। पहिलो दिनमै फिल्मले गरेको यो कमाइ आफैमा कीर्तिमान हो।

एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको रेकर्डलाई यसले ब्रेक गरेको हो। ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो। ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ।

त्यस्तै प्रदर्शनको तीन दिनमै फिल्मले वर्ल्डवाइड रुपमा किर्तिमानी कलेक्सन गरेको छ । भारतिय ट्रेड एनालिष्ट तरण आदर्शले टुइट गर्दै फिल्मले रिलिज विकेण्डमा ५ सय करोडको ग्रस कलेक्सन गरेको उल्लेख छन् ।

एसएस राजामौलीको निर्देशनमा बनेको फिल्ममा जुनियर एन्टिआर,रामचरण, अजयदेवगान र आलिया भट्ट स्टारहरु छन्। फिल्मले नेपालमा हालसम्म साढे ३ करोड बढि ग्रस कलेक्सन गरिसकेको दाबी गरिएको छ । प्रदर्शनको दिनदेखि नेपाली मल्टिप्लेक्सहरु भरिभराउ छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद