Media Network

‘आरआरआर’को प्रदर्शन मिति सर्‍यो


खबरस्टोरी संवाददाता

१८ पुष २०७८,आईतवार

काठमाडौं । एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’को प्रदर्शन मिति पुन: सरेको छ । आगामी शुक्रबार रिलिज हुने भनिएको फिल्म पोस्टपोन्ड भएको जानकारी निर्देशक राजामौलीले दिएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको स्थिती र हलहरु क्रमशः बन्द हुँदै गएकाले फिल्मलाई पोस्टपोन्ड गर्नुपरेको जनाएका छन् । ‘सहि समयमा हामीले भारतीय सिनेमाको गौरवलाई फिर्ता गर्नेछौं’ विज्ञप्तिमा उल्लेख छ ।

बाहुबली फेम्ड निर्देशक राजामौलीको यो फिल्म नेपालमा समेत बहुप्रतीक्षित थियो । यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतको अभिनय छ ।

चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले ठूलो धनराशी खर्च गरिसकेको थियो । यस्तै, चलचित्रको अमेरिका प्रिमियरका लागि १० लाख भन्दा बढी टिकट पनि बिक्री भइसकेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद