Media Network

अभिनेता पलसामु यस्ताे छ अबको विकल्प


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

काठमाडौ । नाबालिका माथि जबरजस्ती करणीको अभियोग लागेका मोडल तथा अभिनेता पल शाहलाई बिहीबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। जोशी भने बिहीबार नै धरौटी बुझाएर रिहा भए ।

जिल्ला अदालत तनहुँका न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलाशबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको थियो  ।

शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर भएको थियो ।

पलसामु अबको विकल्पः उच्च अदालतमा निवेदन दिन सक्ने

पूर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशसँगै मोडल तथा अभिनेता पल शाह सामु कानुनत: अगाडि बढ्न सक्ने अवस्था भने अझै सक्किसकेको छैन।

फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गरिपाउँ भनी सम्बन्धित जिल्लाको हाईकोर्ट अर्थात उच्च अदालतमा शाहले निवेदन दिन सक्नेछन् ।

र यदी उच्च अदालतले समेत जिल्लाको आदेश पुन सदर गरिदिएको खण्डमा भने सोहि ७३ न.को निवेदन सहित सर्वोच्च अदालत सम्म पुग्न सक्ने बाटो उनीसामु खुल्ला नै रहनेछ  । योसँगै सर्वोच्चले पनि सुरुकै आदेश सदर गरिदिएमा शाह थुनामै रहेर फेरि पनि नियमित प्रक्रियाबाटै मुद्धा लड्नुपर्ने हुन्छ ।यद्यपी यस्तो केशमा तत्काल संकलित प्रमाणको रोह र विगतको नजिरहरु हेर्दा बेरितको आदेश बदर हुने सम्भावना भने अत्यन्त न्यून रहन्छ ।

उच्च अदातल जाने तयारीमा शाह 

बिहिबार जिल्ला अदालत तनहुँको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उनी पक्षले उच्च अदालतमा निवेदन दिने भएको छ। केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायीहरुको तयारी रहेको छ ।पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग सहित उनीहरुले उच्च अदालत निवेदन गर्ने भएका छन्। 

यसअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको र शाहलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था पुष्टि नहुने शाह पक्षका कानुन व्यवसायीको जिकिर रहेको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद