Media Network

अभिनेता राज बब्बरलाई २ वर्ष जेल


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

मुम्बई । लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । २६ वर्षअघिको एक घटनालाई आधार मान्दै उनलाई जेल सजायका साथै ८ हजार ५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको हो ।

यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ । अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ । फैसलाको समयमा राज अदालतमै उपस्थित थिए । उनले यो फैसलाविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन् ।

लखनउको वजीरगञ्जमा उनले निर्वाचन अधिकारीलाई सन् १९९६ मा कुटपिट गरेका थिए । त्यो निर्वाचनमा राज बब्बर प्रत्यासी थिए । सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्याशी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए । यो मामलामा बिहीबार फैसला सुनाइएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद