Media Network

अभिनेत्री ज्याकलिन मनी लाउन्ड्रिङ केसमा पक्राउ


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

नयाँ दिल्ली । बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई मुम्बई एयरपोर्टबाट पक्राउ गरिएको छ । 

उनलाई मनी लाउन्ड्रिङ केसमा जारी गरिएको आउट लुक सर्कुलरअन्तर्गत पक्राउ गरिएको हो । उनलाई इन्डियाबाट बाहिर जान समेत रोक लगाइएको भारतीय सञ्चार माध्यमले जानएको छ । 

२०० करोड भारुको मनी लाउन्ड्रिङमा प्रवर्तन निर्देशालयले मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको थियो । उनको अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलाइएको छ । 

प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए भने सुकेश अहिले दिल्लीको तिहाड जेलमा रहेका छन् । 

२०० करोड भारु असुली मामिलामा ज्याकलिन मुख्य साक्षी रहेको इडीले बताएको छ । यसै बिषयमा इडीले अभिनेत्री नोरा फतेहीसँग पनि सोधपुछ गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद