Media Network

अभिनेत्री रेखा थापाले गरिन् गुपचुप विवाह


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७८,मंगलवार

काठमाडौँ। अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् ।  उनले हालै जाजरकोटका ४० वर्षीय बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको अदालत स्रोतले जनाएको छ।

१ वर्षदेखिको चिनजानलाई दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । रेखाको यो दोस्रो विवाह हो । यसअघि उनले निर्माता छवि ओझासँग विवाह गरेकी थिइन् । तर उनको त्यो विवाह सफल हुन सकेन । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

रेखाले अदालतमा दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको समेत बताएकि छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद