Media Network

अभिनयबाट ब्रेक लिँदै नागार्जुन


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

एजेन्सी। साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट टाढिन लागेका हुन् ।

नागार्जुन अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मार्फत बलिउडमा कमव्याक गर्दैछन् । यो बीचमा उनी कुनै पनि नयाँ प्रोजेक्टमा देखिने  छैनन् । उनले यो अवधिमा उनले कुनै पनि नयाँ फिल्मसँग सम्झौता पनि नगर्ने योजना बनाएका छन् ।

बिग बोस आगामी सेप्टेम्बर ४ बाट सुरु हुँदै छ । त्यसका लागि निर्माताले तयारी सुरु गरिसकेका छन् ।

नागार्जुन चौथोपटक बिग बोस तेलुगु होस्ट गर्दैछन् । उनी सन् २०१९ देखि यो शोमा देखिँदै आएका छन् । उनले बिग बोसको ओटीटी भर्सनको पहिलो सिजनको होस्ट गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद