काठमाडौ । पछिल्लो समयमा नेपाली फिल्म क्षेत्रको अवस्था दयनीय बन्दै गएको छ । कोरोनाको समयमा पिल्सिएको फिल्मी क्षेत्रमा अधिकाशं कलाकार बेरोजगार बने। पल शाह लगायतका केहि कलाकारहरुले भने उक्क्त समयको राम्रै सदुपयोग गरे ।
त्यस्तै अर्का स्टार अनमोल केसीले महामारीको समयमा पनि विभिन्न ब्रान्डसँग जोडिएर राम्रै आम्दानी गरे । यसैक्रममा, उनी महंगो पारिश्रमिक लिएर ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् ।
बुधबार काठमाडौंको एभरेष्ट होटलमा आयोजना भएको पत्रकार सम्मेलन ‘इम्पायर’ का प्रमुख स्वतन्त्र प्रताप शाह र अनमोलबीच कागजी सम्झौता भएको हो । सो सन्दर्भमा नायक केसीले भविष्यमा अध्ययनका लागि विदेश जान सक्ने बताए । उनी भन्छन्, अध्ययनको कुनै सीमा छैन, अध्ययनका लागि विदेश जान सक्छु । आफु ब्रान्ड एम्बास्डर हुँदा विदेशी कलाकारभन्दा आफूले धेरै कम पारिश्रमिक लिने गरेको बताउँदै उनले आफ्नो नाम जस्तो भ्यालू नभएको पनि बताए ।