अनमोलले साइन गरे नयाँ फिल्म 'छड्के २' मा


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
अनमोलले साइन गरे नयाँ फिल्म 'छड्के २' मा
काठमाडौँ। चर्चित नायक अनमोल केसीले नयाँ फिल्म  'छड्के २'  मा काम गर्ने भएका छन्। उनले एक दशक अघिको फिल्म ‘छड्के’को सिरिजमा काम गर्ने गरी साइन गरेका हु्न। यस फिल्ममा मुख्य कलाकारको रुपमा अनमोललाई लिइएको छ।

उक्त फिल्मका निर्देशक निगम श्रेष्ठ रहेका छन्। 

अनमोलले यो फिल्ममा २ साता अगाडि साइन गरेको श्रेष्ठको भनाई छ। ‘छड्के २’ मा ‘छड्के’को कथा जोडिएर नआउने निर्देशक श्रेष्ठले बताए। 

फिल्मले ग्याङस्टारको कथालाई कमेडी शैलीमा भन्ने छ।

२०१३ मा रिलिज भएको ‘छड्के’को निरन्तरताको रुपमा बन्न लागेको यो फिल्ममा पहिलेको कथावस्तु र कलाकार नभएर नयाँ विषयवस्तु समेटिएको बताइएको छ।