अनमोलपछि धिरजसँग जोडी बाँध्दै सुहाना


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
अनमोलपछि धिरजसँग जोडी बाँध्दै सुहाना
काठमाडौँ। अभिनेत्री सुहाना थापा अब नयाँ चलचित्र ‘भागवत गीता’ को तयारीमा छिन्। 

आगामी साउनको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको ‘भागवत गीता’को टिजर रिलिज गर्ने तयारीमा निर्माता सुनिल थापा रहेका छन्।

टिजर छायांनमा सुहानालाई मात्रै देखाएका सुनिलको यो फिल्ममा सुहानाको जोडीको बन्ला भन्ने धेरैलाई कौतुहल थियो। 

झरना थापाले निर्देशन गर्ने यस फिल्ममा सुहानासँग धिरज मगर देखिने भएका छन्।

धिरजले यो फिल्मका लागि औपचारिक सम्झौता गरिसकेका छन्। 

यो फिल्म अन्तरजातिय प्रेमकथामा आधारित हुने छ।