अनन्त बने आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी


खबरस्टोरी संवाददाता
२८ माघ २०७८, शुक्रबार
अनन्त बने आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौं।  नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् ।

जारी ए डिभिजन लिग-२०७८  मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् ।

जारी आइएसएलमा अनन्त चार खेलमा प्रतिनिधित्व पाउनेछन् । हाल क्लब तालिकाको पुछारमा रहेको छ । सम्झौतासँगै उनी अर्को साता भारत जाँदैछन । यद्यपि, क्लब तथा खेलाडी दुबैले आधिकारिक रूपमा अनुबन्ध भएको घोषणा गरेका छैनन् । भारतीय अनलाइन मिडियाले दुईतर्फी सम्झौता भएको बताइएको छ । 

यस सम्झौतासँगै २४ वर्षीय अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । इस्ट बंगानबाट भने पूर्वअअध्यक्ष गणेश थापाले खेलिसकेका छन् । अनन्त नेपाली टिमका नियमित सदस्यसमेत हुन् । एन्फा एकेडेमीका अनन्त विशेषत: सेट पिसका लागि माहिर मानिन्छन् । सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग),  सोलिडारिटी कप र १३औं साग नेपालले उपाधी हात पार्दा अनन्त टोलीका महत्त्वपूर्ण सदस्य थिए ।