अन्तरपालिका भलिबल: सिगास फाइनलमा प्रवेश


खबरस्टोरी संवाददाता
८ पुष २०७८, बिहीबार
अन्तरपालिका भलिबल: सिगास फाइनलमा प्रवेश

बैतडी । सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको 'ए' टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो ।

कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अंकले जितेको थियो । दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अंकले विजयी भयो । तेस्रो सेट सिगासले २५–२१ अंकले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

यस्तै, अर्को खेलमा दशरथचन्द नगरपालिकालाई र सिगास गाउँपालिकाले २५–२३ र २५–२१ अंकले हरायो भने मेलौली नगरपालिका 'ए'ले पाटन नगरपालिकालाई १५–२५ र २२–२५ अंकले पराजित गर्यो । यस्तै सुर्नया गाउँपालिका र पञ्चेश्वर 'ए' बीचको खेलमा पञ्चेश्वर 'ए' २४–२७ र २२–२५ अंकले विजयी भयो । सिगासले युवाजागरण मञ्च मेलौली 'बी'लाई २२–२५ र २५–२७ अंकले हरायो । 

फाइनल प्रवेशका लागि दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाबीच खेल हुने छ । विजयी टोलीले उपाधिका लागि सिगाससँग खेल्ने छ भने पराजित टोलीले पञ्चेश्वर 'ए' सँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।

पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही पुस ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी रहेको खेल संयोजक सागर भण्डारी सोराडीले जानकारी दिएका छन् । उपाधि जित्नेले रु १ लाख १० हजार १०१, द्वितीय हुनेले रु ७५ हजार १०१, तृतीय हुनेले रु ५० हजार १०१ तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टोलीले रु ३० हजार प्राप्त गर्नेछ