Media Network

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैठौं संस्करणको आवेदन खुल्यो


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौं संस्करणको लागि आवेदन खुला गरेको छ ।  प्रतिष्ठानले असार १ गतेबाट फिल्म आवेदन खुल्ला गरिएको विहीबार विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

विगत ६ बर्षदेखि नियमित आयोजना हुँदै आएको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा तथा छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिइने सकिने प्रतिष्ठानले जनाएको छ । 

राष्ट्रिय प्रतिष्पर्धामा सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन दिन सकिन्छ । राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन पाउने ब्यवस्था गरिए पनि अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क तोकिएको छ ।  

राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म आगामी पुस १० गतेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ । आवदेन दिनका लागि विभिन्न शर्त पालना गर्नुपर्ने उल्लेख छ ।   

छैठौं निफ २०२३ आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म काठमाडौमा हुँदैछ । 

विज्ञप्तिः


Share:
Reaction :
ताजा समाचार
खेलकुद