इंग्...">

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मोर्गनको घोषणा


खबरस्टोरी संवाददाता
१५ असार २०७९, बुधबार
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास  लिने  मोर्गनको घोषणा
काठमाडौं । इंग्ल्याण्डलाई २०१९को विश्व च्याम्पियन बनाएका इयोन मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए ।

इङ्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक मोर्गनले १२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये इङ्ल्यान्डले ७६ खेलमा जित हासिल गरेको थियो । 

मोर्गनले इङ्लिस टिमबाट कुल २४८ अन्तर्राष्ट्रिय खेल खेले । जमसमा १४ सतकसहित उनले सात हजार सात सय एक रन बनाए । टेस्ट क्रिकेटमा पर्याप्त मौका नपाएका मोर्गनले १६ खेलमा दुई सतकसहित सात सय रन बनाएका छन् ।

यस्तै, मोर्गनले ७२ ट्वान्टी २० खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये ४२ खेल इङ्लिस टिमले जितेको थियो ।

कुल एक सय १५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका मोर्गनले यसमा दुई हजार चार सय ५८ रन बनाए । आयरल्यान्डमा जन्मिएका मोर्गनले क्रिकेट करियरको सुरुवात पनि आयरल्यान्डबाट नै गरेका थिए । उनले आयरल्यान्डबाट सन् २००६ मा स्कटल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो खेलमा नै मोर्गनले ९९ रनको इनिङ खेलेका थिए ।