Media Network

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः जर्मनी, स्पेन, इंग्ल्याण्ड र नेदरल्याण्ड्स विजयी


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौं । शनिबार राति भएको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी, स्पेन, नेदरल्याण्ड्स र इंग्ल्याण्ड विजयी भएका छन् ।

विश्व महारथी राष्ट्र जर्मनीले इजरायललाई २–० अन्तरले पराजित गर्यो । जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे ।

२६ औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए ।  पहिलो हाफको इन्ज्यूरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् । 

अर्को खेलमा स्पेनले अल्बानियालाई २–१ अन्तरले पराजित गर्यो । स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए ।

७५औँ  मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५ औँ  मिनेटमा उजुनीले गोल गर्दै  खेल १–१ को स्थितिमा पुर्याए ।  खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २–१ को जीत दिलाए ।

यस्तै, शनिवार राती नै भएको अर्को खेलमा इंग्ल्याण्डले स्वीटजरल्याण्डलाई पराजित गरेको छ । स्वीटजरल्याण्ड २–१ ले पराजित भएको हो । 

शनिवार राती नै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा नेदरल्याण्डसले डेनमार्कलाई ४–२ गोल अन्तरले पराजित गर्दा बेलारुसले भारतलाई ३–० ले पराजित गरेको छ । 

क्रोएशिया र सोल्भेनिया तथा फिनल्याण्ड र आइसल्याण्डबीचको दुवै खेल एक एक गोलको बराबरीमा टुंगिएको छ । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद