Media Network

अन्यौलग्रस्त अवस्थामा नेपाली फिल्म उद्योग


खबरस्टोरी संवाददाता

२२ पुष २०७८,बिहीबार

काठमाडौ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्रासका कारण नेपाली फिल्मको उधोग अन्यौलग्रस्त अवस्थामा पुगेको छ ।

फिल्मको प्रदर्शन मितिलाई लिएर निर्माताहरु फिल्म प्रदर्शनको मिती नै स्थगित गर्ने अवस्थामा पुगेका छन् ।यतिबेला विश्वव्यापी महामारीले शून्यमा झारिदिएको नेपाली फिल्म क्षेत्र अहिले विस्तारै अघि बढदै गए पनि तेस्रो लहरको त्रासले थप सशंकित बनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ दोस्रो हप्तादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ ।

मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने बताएसँगै माघ महिनापछिका फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु भएको हो । माघ पछि प्रर्दशन मिति घोषणा गरेका फिल्महरुको अब प्रर्दशनमा जाने कि के गर्ने भन्ने दोसाधमा पुगेका छन् । 

फिल्म हलहरुमा भीडभाड हुने भएकाले भोलीको अबस्थामा जे पनि हुनसक्ने भन्दै ठुला लगानीका फिल्महरु जोखिम मोल्न डराएको देखिन्छ ।

अब प्रदर्शनको तयारीमा रहेका फिल्महरु  माघ १९ ‘म यस्तो गीत गाउँछु २’  माघ २८ मा सौगात मल्लको ‘मन्त्र’, फागुन १३ मा लप्पन छप्पन २ र प्रेमगीत ३, फागुन २८ मा सम्हालिन्छ कहिले मन र आकाशे खेती, चैत ४ मा चिसो एस्ट्रे, चैत ११ मा हेलो जिन्दगी, चैत १८ मा पासो, चैत २५ मा ए मेरो हजुर ४, बैशाख २३ मा कबड्डी ४ र लक्का जवान तथा बैशाख ३० मा चिसो मान्छेले प्रदर्शन हुने भनेर मिति घोषणा गरिसकेका छन् ।

यी सबै फिल्म निर्धारित मितिमै रिलिज हुन्छन् या हुँदैनन् भन्ने कुरा कोभिडको तेस्रो लहरमा निर्भर हुनेछ । भारतमा कोभिडको तेस्रो लहर सुरु भएसँगै फिल्म निर्माताहरूले ‘जर्सी’, ‘आरआरआर’ को प्रदर्शन मिति स्थगित गरीसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद