अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५– ० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे । 

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए । 

आइतबार रातीकै मैत्रीपूर्ण खेलमा पेरुले न्यूजील्याण्डलाई १–० तथा कोलम्बियाले साउदी अरेबियालाई १–० ले नै पराजित गर्दा मेक्सिको र इक्वेडर तथा उरुग्वे र अमेरिकाबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो ।