Media Network

अस्मिता जुरेलीले हराइन् अमेरिकी रेस्लरलाई (फोटो फिचर)


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लर जेसी स्ट्रोमलाई पराजित गरेकी छन् । 

भृकुटिमण्डपमा आयोजित प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।


प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ दिएर बधाइ तथा शुभकामना दिएका थिए । नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाएका छन् । 


पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारेका छन् भने जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नाआएपछि जोर्डन ठागुसंग भिडेका हुन् ।


नेपालकी महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइकी छन् भने सपनाले जमुना तामाङलाई पाखा हराइकी छन् । 

पुरुष अन्तर्गतको सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारेका छन् । विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतको टोलिले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरेका छन् । 


उक्त एकदिने रेस्लिङ प्रतियोगितामा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद