नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८।१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले १०६ रनको अविजित इनिङ खेले । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे । यस सिजन बटलरको यो चौथो सतक हो ।
यसबाहेक, कप्तान सन्जु सामसनले २३ रन र यसवी जैसवालले २१ रन बनाए । बैंगलोरका जस हेजलवुडले दुई विकेट लिँदा वनिन्दु हसरंगाले एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो ।