Media Network

बिहेअघि नै विक्कीको घरमा अभिनेत्री क्याट्रिना कैफ !


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफ बिहेको ४ दिन अगाडि विक्की कौशलको घर पुगेकी छन् । 

क्याट्रिनाले ब्याकलेस ब्लाउजको साथ सेतो रंगको साडी लगाएर उनी विक्कीको घरमा पुगेको तस्बिर इन्टरनेटमा निकै भाइरल भएको छ । उनी यस विवाहको पहिरनमा निकै सुन्दर र चमाक्दार देखिएकी छन् ।

कैफ र विक्कीको बिहे हुन अब केही दिन मात्रै बाँकी रहेपनि उनीहरुले यो खबरलाई भने सार्वजनिक गरेपनि पापाराजीले भने हरेक जानकारी बाहिर ल्याइरहेका छन् ।

सार्वजनिक भएका सबै तस्विर र भिडियो हरुमा भने कट्रिनाको अनुहारमा खुशी र चमक देख्न सकिन्छ । उनी बिहेअघि नै दुलाहाको घर पुगेकी क्याटको यो सेतो साडी सामाजिक सञ्जालमा पनि निकै चर्चा पाएको छ । 

उनीहरुको यसै ९ गते विवाह हुँदैछ, जसका लागि दुवै परिवार सोमबार अर्थात ६ डिसेम्बरमा राजस्थान जानेछन् भने शाहरुख खानले सोही दिनबाट दीपिका पादुकोण र जोन अब्राहमसँगको 'पठान' को सुटिङ सुरु गर्दैछन्, सुटिङ मुम्बईको सेटमा हुनेछ ।

क्याट्रिना र विक्की कौशलको घर जान घरबाट निस्किएपछि बाटोमा उनलाई ट्राफिक प्रहरीले रोकेको थियो । उनको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद