Media Network

बिहेको तयारीमा जुट्दै रणवीर र आलिया


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

मुम्बई । बलिउड सुपरस्टार जोडी रणवीर कपुर र आलिया भट्ट यतिबेला बिहेको तयारीमा छन् ।

विगत केहि समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडिको विवाहको चर्चा लामो समयदेखि चलिरहेको छ । भारतीय मिडियाका अनुसार दुवै जना यही अप्रिलमा विवाह बन्धनमा बाँधिने भएका छन् । आलिया र रणवीरको विवाह मुम्बईमा हुने भएको छ । 

रणवीरको आमाबाबु ऋषि कपूर र नीतु कपूरको विवाह भएको स्थल आरके हाउसमा नै उनीहरुको बिहेको तयारी गरिएको छ ।यस विवाहमा ४५० पाहुनाको सहभागिता रहने बताइएको भएता पनि विवाहको मिति भने सार्वजनिक गरिएको छैन ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद