भृकुटीमण्डपमा आज अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
भृकुटीमण्डपमा आज अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदैछ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुन लागेको हो । 

रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्षसमेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जानकारी दिइन् । 

नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्नेछन् ।

अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्नेछन् ।