Media Network

भुवन केसीले भने– उन्नत पार्टीबाट मेयर लड्न असमर्थ छु


खबरस्टोरी संवाददाता

२६ चैत्र २०७८,शनिबार

काठमाडौं । चर्चित अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट चुनाव लड्न असमर्थ रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो कार्य ब्यस्तता र प्राविधिक कारण मेयरको उम्मेदवार बन्न असमर्थ रहेको बताएका हुन् । 

आफू अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको भन्दै केसीले अबको दिनमा राजनीति कहाँ, कुन पार्टीबाट गर्ने भन्ने आफूले निधो गरिनसकेको बताएका छन् ।  

उन्नत लोकतन्त्र पार्टीले आफूलाई चुनाव चिन्ह खुला किताबमार्फत काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको र आफूप्रति देखाएको विश्वास र सद्भावका लागि भने धन्यवाद दिएका छन् । 

एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्दैन भन्ने प्रकारका टिप्पणीहरु आएको पनि अभिनेता केसीले गुनासो गरेका छन् । 

नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रविना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन नसक्ने उनले निश्कर्ष पनि निकालेका छन् । 

सबै नागरिकहरुबाट राइट टु रिजेक्ट र रिकलको जनताको अधिकारका लागि साथ समर्थन र सहयोग प्राप्त हुने तथा यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अधिवक्ता स्वागत नेपालप्रति नैतिक समर्थन रहने केसीले उल्लेख गरेका छन् । 

उन्नत पार्टीका अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै काठमाडौंको मेयरमा भुवन केसी र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद