Media Network

बिजय लामाले ल्याए ‘नलाउ भन्छु मायाको’ (भिडियोसहित)


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौं । पप गायक बिजय लामाले ‘नलाउ भन्छु माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार संजिब पुडासैनीको शब्द तथा संगीतमा तयार भएको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ । गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिगं रहेको छ ।  भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ ।

प्रेम, रोमान्स र धोकालाई नजिकबाट केलाइएको नलाउ भन्छु मायामा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा गायक लामा कलाकारका रुपमा नयाँ भूमिकामा देखा परेका छन् । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको छायांकन पर्यटकीय नगरी नगरकोटमा गरिएको हो ।

गायक लामाका तोगंबाको तातो पानी, नखानु पानी तोगंबाको, ए कान्छी तिमीलाई,  भोली फर्की आउँछु आउँदिन, लगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् । गायक लामाको मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो उनको आफ्नै च्यानल बिजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो । 

भिडियाे



Share:
Reaction :
ताजा समाचार
खेलकुद