बेल्जियमका स्ट्राइकर लुकाकु इन्टर मिलान फर्किए


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
बेल्जियमका स्ट्राइकर लुकाकु इन्टर मिलान फर्किए
काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् । गत वर्षको सरुवा बजारमा चेल्सीले लुकाकुलाई  स्टामफोर्ड ब्रिजमा भित्राउनका लागि ९७.५ मिलियन  पाउन्ड खर्चिएको थियो । 

केही महिना अघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए । 

इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६.९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ । 

लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०–२१ सिजनमा इटालियन सिरी ए को उपाधि जितेको थियो । 

गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाईमा कम अवसर पाएका थिए । उनले गत सिजन सबै खाले प्रतियोगिता गरि १५ गोल गरेका थिए । (एजेन्सी)