Media Network

बालेनको चर्चासँगै आयो ‘लौरो टेकौँला’ (गीत)


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर अप्रत्याशित नतिजा पाइरहेका बालेन शाहको सपोर्टमा ‘लौरो टेकौँला’ गीत सार्वजनिक भएको छ । 

उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत रहेको उक्त गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको छ । गीतको संयोजन विसम आचार्यले गरेका हुन् । 

बालेनले निर्वाचन प्रचारकाबेला दिएको ‘बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ नारालाई पनि गीतमा समेटिएको छ । 

चुनावी प्रचारशैलीकै शैलीमा तयार पारिएको गीतमा अबको सहारा लौरो नै भएको भाव उल्लेख छ । 

चुनावी प्रचारका बेला खिचिएको भिडियो क्लिप मिक्सिङ गरेर गीतको भिडियो पनि तयार पारिएको छ । 

भिडियोः


Share:
Reaction :
ताजा समाचार
खेलकुद