बालेनले गरे स्वस्तिमाको तारिफ, एक्सप्रेसन नै बबाल


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
बालेनले गरे स्वस्तिमाको तारिफ, एक्सप्रेसन नै बबाल
काठमाडौं । काठमाडौं महानगरको भावी मेयरमा करिब करिब पक्का भईसकेका बालेन शाहले सोमबार एक फिल्मी कार्यक्रममा सहभागी हुने क्रममा नायिका स्वस्तिमा खड्काको तारिफ गरेका छन् ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’ को प्रिमियरमा अतिथिको रुपमा उपस्थित भएका बालेनले चलचित्रकी नायिका स्वस्तिमा खड्काको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने ‘मलाइ उहाँको एक्सप्रेसन नै बबाल लाग्छ, उहाँ नबोल्दा पनि अनुहारले मात्रै एक्टिङ गरिरहेको हुन्छ ।