Media Network

बलिउड अभिनेता रणबीर र अलियाले बिहे गरे


खबरस्टोरी संवाददाता

१ बैशाख २०७९,बिहीबार

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले आज बिहे गरेका छन् । लामो समयदेखि एक अर्काको प्रेम सम्बन्धपछि उनीहरुले विवाह गरेका हुन् । रणवीर र आलियाको विवाहमा नजिकको आफन्त र साथीभाइ मात्रै सहभागी भएका छन् ।

उनीहरूको अप्रिल १३ मा मेहन्दी समारोह सम्पन्न भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । अहिले उनीहरूको बिहेको तस्बिर पनि सार्वजनिक भएको छ । आलिया र रणवीरको विवाहबारे दुवैका परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए । 

अप्रिल १३ मा मेहन्दीको केही तस्बिर सार्वजनिक भएसँगै विवाहको टुंगो लागेको खबर बाहिरिएको हो । हालै रणवीर र आलियाले आयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्माश्त्र’ को छायांकन सकेका छन् । आलिया अभिनित फिल्म ‘आरआरआर’ निकै चर्चित छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद