बलिउड अभिनेत्री सोनाक्षीले सार्वजनिक गरिन् आफ्नो प्रेमी


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
बलिउड अभिनेत्री सोनाक्षीले सार्वजनिक गरिन् आफ्नो  प्रेमी
काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो प्रेमी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन्। उनले आफ्ना प्रेमी जाहिर इकबालसँगको सम्बन्धबारे सार्वजनिक गरेकी हुन्।

सोनाक्षीका प्रेमी जाहिर गहना व्यापारी पृष्ठभूमिका हुन्। उनी बलिउडका अभिनेता सलमान खानका नजिकका साथी इकबाल रत्नासीका छोरा हुन्। 

सोनाक्षीको जन्मदिन जुन २ मा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षीसँगको एक भिडियो सेयर गरेक थिए। उक्त भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘म तिमीलाई प्रेम गर्छु।’ 

यही पोस्टमार्फत उनीहरुले एकअर्कासँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेका हुन्। उक्त पोस्टको कमेन्टमा सोनाक्षीले पनि आफूहरुको सम्बन्धलाई पुष्टि गर्दै लेखेकी छिन्, ‘धन्यवाद, म पनि तिमीलाई प्रेम गर्छु।’

भारतीय सञ्चारमाध्यमका अनुसार जाहिर र सोनाक्षीको भेट सलमानले गराएका थिए। हाल उनीहरु दुवै जना ‘डबल एक्सएल’ नामक फिल्ममा काम गरिरहेका छन्।