बलिउडका अभिनेता सलमान खानलाई सर्पले टोक्यो


खबरस्टोरी संवाददाता
११ पुष २०७८, आईतवार
बलिउडका अभिनेता सलमान खानलाई सर्पले टोक्यो

काठमाडौँ।  बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।  भारतीय सञ्चारमाध्यमहरुका अनुसार क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको हो ।

आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोके लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो । बिहान साढे ९ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । उनलाई अविषालु सर्पले टोकेको थियो ।