Media Network

बार्सिलोनासामु एल्चे पराजित


खबरस्टोरी संवाददाता

२२ फाल्गुन २०७८,आईतवार

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनासामु एल्चे पराजित भएको छ ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।खेलको ४४औं मिनेटमा फिडेल चाभेजको गोलमा शुरुवाती अग्रता लिएको एल्चेले खेलको ६६औँ मिनेटमा गोल खाएको थियो ।

बार्सिलोनाका लागि फेरान टोरेजले बराबरी गोल गरेका थिए ।त्यसपछि खेलको ८४औ मिनेटमा बार्सिलोनाका लागि मेम्फिस डिपेले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाएका थिए ।खेलको ८८औ मिनेटमा एल्चेका जाभियर पास्टोरेले रातो कार्ड पाएपछि एल्चे १० खेलाडीमा सिमित भएको थियो ।यो जितपछि बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ४८ अंक रहेको छ ।त्यस्तै एल्चेको २७ खेलमा २९ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद