चलचित्र अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण


खबरस्टोरी संवाददाता
४ माघ २०७८, मंगलवार
चलचित्र अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौं । चलचित्र अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । 

स्वेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेकी हुन् । उनले आफूलाई कोरोना संक्रमण भएकाले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छन् ।

‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरि भेट्ने छु । सबै सुरक्षित रहनुहोला,’ स्वेताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।