१५औं मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ३१औं मिनेटमा हाकिम जेइचले चेल्सीको अग्रता दोब्बर पारेका थिए । खेल अवधिभर मिडल्सब्रोले चेल्सीको पोस्टमा एकपटक मात्र आक्रमण गरेको थियो, जुन ८५औं मिनेटमा आएको थियो ।
आइतबार हुने टाइसिट ड्रले चेल्सीको सेमिफाइनल प्रतिद्वन्द्वी निर्धारण हुनेछ । सेमिफाइनलका खेलहरू वेम्बली रंगशालामा १६ र १७ अप्रिलमा हुनेछ । आइतबार हुने क्वार्टरफाइनलका अन्य खेलमा क्रिस्टल प्यालेसले एभर्टन, म्यानचेस्टर सिटीले साउथ ह्याम्पटन र लिभरपुलले नटिङघम फरेस्टको सामना गर्दैछ ।