Media Network

‘चिसो मान्छे’ स्लो कथावस्तुमा स्वस्तिमाको दमदार अभिनय


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौं ।  यतिखेर प्रदर्शनरत चलचित्र ‘चिसो मान्छे’ सिनेमा हलहरुमा चलिरहेको छ ।

फिल्मको पोस्टर र प्रोमोले नै झट्ट हेर्दा गाउँले परिवेशमा नेपाली समाजको कथावस्तु समेटेर बनेको फिल्म हो छुट्याउन आम दर्शकहरुलाई त्यति असहज नहोला । सिनेमामा स्लो अर्थात्, सुस्त गतिमा बगेको कथालाई कलाकार स्वस्तिमा खड्काले भने ओजनदार बनाएकी छन् ।

कथामा पात्रका काठमाडौंदेखि बाजुरासम्मको यात्रालाई जोडिएको छ तर साउथ सिनेमाको बानी परेको नेपाली दर्शकलाई भने डोराउन अल्लि कठिन देखिन्छ । कोभिडकालको कथामा आधारित रहेर बनेको फिल्ममा कतारमा धन कमाउन गएका श्रीमान् बाकसमा प्याक गरिएको शव बनेर एयरपोर्ट फर्किएका छन्। बाजुराबाट श्रीमान्को त्यही शव लिन ससुरा (देशभक्त खनाल)सहित काठमाडौं आइपुगेकी छिन्,  पुष्पा (स्वस्तिमा खड्का)। र, त्यही शव लिएर बाजुरा फर्किँदाको यात्राको कथा हो– ‘चिसो मान्छे’। 

कथामा अर्को मजबुद पात्र छ, अशोक (अर्पण थापा)। जो कुखुरा बोक्ने गाडीमा शव राखेर उनीहरुसँगै यात्रामा हिँडेको छ। तर विडम्बना पात्र, घटना र कथावस्तुबीचको अन्तरसम्बन्ध स्थापित नसकेको जस्तो देखिन्छ । कथा र पात्रभित्र दर्शक छिर्न सकेको छैन् । एउटा बलियो चलचित्रले आम दर्शकहरुलाई कथाभित्र घुसाएर कथाको पात्रमा उभ्याउन सक्नुपर्छ । जसमा फिल्मको एक पक्ष चुकेको देखिन्छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद