Media Network

चितवन स्कूल अफ फेशनको ‘फेसन स्टाइलिङ नाइट अफ विषेज' सम्पन्न


खबरस्टोरी संवाददाता

११ पुष २०७८,आईतवार

चितवन। नारायणगढको हङकङ बजारस्थित 'चितवन स्कूल अफ फेशन'मा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको पोषाक प्रस्तुती रहेको 'नाइट अफ विशेज’ कार्यक्रम सम्पन्न भएको छ । 

भरतपुर–३ क्षेत्रपुरस्थित सनसिटी वेन्क्विटमा शुक्रबार साँझ भएको कार्यक्रममा आकर्षक डिजाइनहरुमा मोडलहरुले र्‍याम्प वाक गरेका थिए । चितवनका विभिन्न सौन्दर्य प्रतियोगिताना सहभागी २० भन्दा बढी मोडलहरुले चितवन फेसनमा अध्ययनरत १८ जना विद्यार्थीहरुले डिजाइन गरेको पोषाकमा र्‍याम्प गरेका थिए । 

क्रिसमसको पूर्व सन्ध्यामा ‘क्रिसमस थिम’, ‘क्याजुअल’ ‘लोलिता’ लगायतका बिभिन्न थिममा डिजाइनरहरुले तयार पारेको पोषाकमा मोडलहरुले वाक गरेका थिए । उनीहरुलाई कोरियोग्राफर मनिष तामाङले कोरियोग्राफी गरेका थिए । कार्यक्रम दुई सिक्वेन्समा भएको थियो । २०७५ सालमा स्थापना भएको स्कुलमा अहिले १८ जना विद्यार्थीले फेशन डिजाइनिङ अध्ययन गरिरहेका छन् ।

फेसन डिजाइन अध्ययन गर्न चितवन बाहेक गोरखा, नवलपुरलगायतका जिल्लाबाट विद्यार्थीहरु चितवन आउने गरेका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद