मंगलबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई पराजित गर्दा अर्को खेलमा लिभरपुलले बेन्फिकालाई हराएको छ ।
लिगमा म्यान्चेष्टर सिटीले एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ । सिटीको जितका लागि केभिन डे ब्रायनले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ७० औं मिनेटमा ब्रायनले गोल गरेका थिए ।
यस्तै, मंगलबार रातिकै अर्को खेलमा लिभरपुलले पोर्चुगलको बेन्फिकामाथि ३–१ को जित निकालेको छ । लिभरपुलको जितमा इब्राहिमा कोनाटो, साडियो माने र लुइस डियाजले एक एक गोल गरे । बेन्फिकाको लागि डार्विन नुनेजले सान्त्वना गोल फर्काएका थिए ।
च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनलका अन्य दुई खेल बुधबार राति हुनेछन् । बुधबार राती चेल्सी र रियल मड्रिड तथा भियारियाल र बायर्न म्युनिखबीच खेल हुनेछ ।